बिना दहेज विवाह गर्ने जोडीलाई अभियानले गरे सम्मान
राजविराज । बिना दाइजो बिहे गर्ने नव दम्पतीलाई बाल विवाह एवम् दाइजो उन्मूलन अभियानको तर्फबाट सम्मान गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका – ७ बभनगमा टोल निवासी पत्रकार नवीन कुमार यादव र कंचनरुप नगरपालिका -९ रूपनगर निवासी रंजना कुमारी यादव सँग यही मिति २०७९/११/२५ गते बिना दाइजो विवाह बन्धनमा बाँधिएका हुन् ।
बाल विवाह एवम् दाइजो उन्मूलन अभियानको तर्फबाट केन्द्रीय अध्यक्ष डा।सी।के।सिंह र महासचिव केदार प्रसाद साहको संयुक्त हस्ताक्षर रहेको सम्मानपत्र अभियानको अभियानका सदस्य संतोष यादवले नव दम्पतीलाई हस्तान्तरण गरेको छ ।
अभियानको तर्फबाट हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एवम् दाइजो उन्मूलन अभियान परिवार सलाम समेत व्यक्त गरेका छन । बिना दहेज विवाह गरेर ती युगल जोडीले समाजका लागि एउटा नमुना उदाहरणीय काजको सुरुवात गरेकोले सम्मान गरेको अभियानले जनाएको छ ।