राजबिराज । राजबिराज २ स्थित राजदेबी पाेखरी महाड स्थित नाला निर्माण कार्यमा कर्मचारी र ठेक्केदारले गुणस्तरहीन सामग्रीकाे प्रयाेग गरिरहेको पाइएको छ । पूर्वाधार निर्माणको काममा कर्मचारी र निर्माण कम्पनीको मिलेमत्तोमा गुणस्तरहीन काम भइरहेको हो ।
राजबिराज २ स्थित राजदेबी पाेखरीमा नजिक भईरहेकाे नाला निर्माण कार्य मा एक नम्बर इँटा प्रयोग पर्नुपर्ने हो, तर यसमा तोकेको भन्दा कम गुणस्तरको (मिठापाक,गोरीया)इँटा प्रयोग भएको पाइएको छ । कम गुणस्तरका इँटा प्रयोग नगर्न निर्माण उपभाेक्ता समितिलाई प्रयोग गरिएको इँटा गुणस्तरहिन देखिएपछि प्रयोग नगर्न भनिसकेको छु, मैले बारम्बार भनिरहे पनि उपभाेक्ता समिति ले बेवास्ता गरेकाे स्थानिय कृपान्नद यादक बताउछन। ‘इँटा उद्योगको लापरबाहीका कारण केही इँटा नराम्रो आएकै हो, मैले तत्काल नल्याउन भनिसकेको छ, उपभाेक्ता समितिका रिंकु झा ले बताए। निर्माणमा पनि गुणस्तरहिन बालुवा लगाएतका निर्माण सामाग्री प्रयोग गरिएको पाइएको छ ।
पूर्वाधार निर्माणको काममा प्रशोधित बालुवा गिट्टीको प्रयोग गर्नुपर्ने हो । तर, यहाँ खोलाको बालुवा र गिट्टी कम मूल्यमा पाइने भएकाले निर्माण कम्पनीहरू सिधै खोलाबाट ल्याएर निर्माण कार्यमा प्रयाेग गरिरहेका छन् । मधेश प्रदेश सरकार काे ५० लाख बराबरकाे लागतमा नाला सहितकाे बाटाे निर्माण हुँदै छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |