राजबिराज । राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरी ले सिरहा लाई ९ रन ले र धनुषा ले महाेतरी सगं ७ बिकेट ले जित हात पारेकाे छ।शुकवार स्थानिय पबिमाबि खेलमैदानमा पहिलाे खेलमा टस जितेर सप्तरी ले निर्धारित १५ ओभरकाे खेलमा ५ बिकेट १ सय ४५ रनकाे याेगफल खडा गरेका थिए ।
जसमा सप्तरीका राेहन बिक ले सार्वाधिक ६९ रन आशिष झा २४ रन र महबुव आलम ले १३ रन जाेडे का थिए ।बलिंग तर्फ सिरहा का रूपेश सिँह, पार्थिव यादब, अफरूदिन रायन र फतेह सिद्विकीले समान्य १/१ बिकेट लिएका थिए। जवाफमा सिरहा ले १५ ओभर पूरा खेल्दै १ सय ३६ रन मात्र बनाउन सकेका थिए, जसमा टिमका लागि राकेश कामत ६७ रन बनाउदै उत्कृष्ट ब्याटिंग गरेपनि जित हात पार गर्न सकेन। बलिंग तर्फ सप्तरीका राहुल मण्डल र बिकास दास ले २/२ बिकेट तथा राेहित सिँह र अनिल यादब ले १/ १ बिकेट हात पारे। खेलकाे म्यान अफ दि म्याच सप्तरीका राेहन बिक घाेषित भएकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी दिए। त्यस्तै आजै सम्पन्न दाेस्राे खेलमा टस जितेर महाेतरी ले १४ ओभर ६ बलमा सबै बिकेट गुमाई १ सय ६ रनकाे याेगफल खडा गरे । जसमा अभिषेक तिवाडी ले उत्कृष्ट खेलदै ५७ रन बनाएका थिए भने रबि प्रताप सिँह ले १० रन जाेड।
बलिंग तर्फ धनुषा का विशाल सुशलिंग ले उत्कृष्ट बलिंग गर्दै ५ बिकेट लिएका थिए भने रूपेश यादब २ तथा दिब्यान्सु मलिक, आकाश राय र श्यामन राय ले १/१ बिकेट हात पारेका थिए। जवाफ मा धनुषा ले १४ ओभर १ बलमा ३ बिकेट गुमाएर जित हासिल गरेका थिए। बलिंग तर्फ महाेतरीका नितेश यादब र रबि प्रताप सिँह ले १/१ बिकेट हात पारेका थिए। जसमा विशाल सुश्लिंग ले अविजित ५६ रन, राेनक रत्नम २२ र हेमन्त ले १२ रन बनाउदै अविजित रहेपछि जितका लागि सहज भएका हुन। खेलकाे म्यान अफ दि म्याच धनुषाका विशाल सुश्लिंग घाेषित भएका थिए।
आजै पहिलाे खेलकाे उदघाटन महिला,बालवालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिँह र नेपाली काँग्रेस जिल्ला अध्यक्ष रामदेव साह ले संयुक्त रूपमा ब्याटिंग र बलिंग गर्दै उदघाटन गरेका थिए सप्तरी क्रिकेट सँघकाे आयाेजना तथा मधेश प्रदेश क्रिकेट सँघ काे समन्वय र महिला, बालवालिका, युवा तथा खेलकुद मन्त्रालयकाे सहयाेगमा अायाेजित प्रतियाेगितामा मधेश प्रदेश का ८ जिल्ला का टिमहरूकाे सहभागिता रहेकाे छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |