राजविराज । सहकारी माध्यम वाटै समाजकाे बिकास र समृद्वि हुने एक कार्यक्रम बिच सहभागीहरूले जाेड दिएका छन।शनिवार माँ राजदेबी बचत तथा श्रृण सहकारी संस्था लि राजबिराज नपा २ काे बार्षिक साधारण सभा मा सहभागीहरूले साे कुरा बताएका हुन ।
साे अवसरमा प्रमुख अतिथि पुर्व शिक्षक रिषिकान्त ठाकुरले आफ्ना संस्थापकहरुको परम्परामा सहकारी संस्थाका सदस्यहरुले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा विश्वास राख्नुपर्ने बताए।
उक्त अवसरमा जनमत पार्टी सप्तरी अध्यक्ष ममता झा ले ईमान्तरिता पुर्वक लगनशिल भएर सहकार्य गरे सहकारी ले प्रगति गर्ने बिश्वास ब्यक्त गरिन, यसैगरी राजबिराज २ का वडा अध्यक्ष अरूण कुमार यादब ले समाजकाे बिकास र समृद्विका लागि गरिव र बिपन्न काे पहिचान गरी उनीहरू लाई ब्यवसाय तर्फ उन्मुख गराउन सहज रूपमा श्रृण उपलब्ध गराउनु पर्नेमा जाेड दिएका थिए।
पुर्व कृषीअधिकृत राजकान्त झा ले सहकारी मार्फत सानाे पुजी काे लगानीमा गरिव, बिपन्न परिवारलाई उधाेग खाेल्न सहयाेग पुग्ने बिश्वास ब्यक्त गरे। २०७६ सालमा स्थापना भएकाे सहकारीले ३७ जना शेयर सदस्य सुरू गरेकाे संस्थामा २२ लाख ५७ हजार माैज्दात रहेकाे संस्थाका काेषाध्यक्ष मनाेज सिँह ले जानकारी दिए।
उक्त अवसरमा प्रमुख अतिथि पुर्वशिक्षिक रिषिकान्त ठाकुर, ले ३७ जना शेयर सदस्यहरूलाई प्रमाणपत्र बितरण गरेका थिए भने कार्यक्रम संचालन अधिवक्ता सुरेन्द्र चाैधरीले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |