राजबिराज । राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगिता काे साेमवार सम्पन्न फाईनल खेलमा सप्तरी ले सिरहा लाई ६ बिकेट ले पराजित गर्दै उपाधी माथि कब्जा जमाएकाे हाे।
टस जितेर सिरहा ले निर्धारित १५ ओभरकाे खेलमा सबै बिकेट गुमाई ९१ रन काे याेगफल खडा गरेका थिए। जसमा रूपेश सिँह ले २६ रन, दिपेश दास ले २० र अफरूद्विन ले १२ रन बनाउदै अविजित रहेका थिए। बलिंग तर्फ सप्तरीका महबुव आलम र राहुल मण्डल ले किफायती बलिंग गर्दै ३/३ बिकेट र बिकास दास २ तथा र राेहित सिँह र राज बर्मा ले १/ १ बिकेट हात पारेका थिए। जवाफ मा सप्तरी ले १० ओभर ३ बलमा ४ बिकेट गुमाएर उपाधी माथि कब्जा जमाएकाे हाे।
जसमा राेहन बिक सर्वाधिक ३१ रन,राहुल मण्डलले २१ र महबुव अालम १६ रन खेल्दै दुबै खेलाडी अविजित रहेपछि जित सहज भएकाे हाे थियाे भने आशिष झा ले पनि १० बनाएका थिए। बलिंग तर्फ सिरहा का कुश मण्डल, रूपेश सिँह, अजरूद्विन र फतेह सिद्विकी ले समान्य १/१ बिकेट हात पारे। फाईनल खेलकाे म्यान अफ दि म्याच महबुव आलम घाेषित भएका थिए ।
उक्त प्रतियाेगितामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादब, नेपाल क्रिकेट सँघ का केन्द्रीय काेषाध्यक्ष राेशन सिँह, प्रदेश अध्यक्ष हिरा भगत, उपाध्यक्ष सुनिल महासेठ, प्रदेश सदस्य सतिश कुमार सिँह, प्रदेश सचिव आयुष श्रेष्ठ, लगायतले बिजेता, उपबिजेता लाई शिल्ड, कप, मेडेल, प्रमाणपत्र प्रदान गरेका थिए।
बिजेता सप्तरी क्रिकेट टिम लाई ५० हजार नगद र उपबिजेता सिरहा टिमलाई ३० नगद पुरस्कार समेत प्रदान गरिएकाे प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठ ले जानकारी दिएका छन।
उक्त प्रतियाेगिता म्यान अफ दि सिरिज सप्तरी का राेहित सिँह, बेस्ट ब्याटस म्यान सिरहा का राकेश कामैत, बेस्ट बलर पर्साका नसरूद्विन अन्सारी घाेषित भएकाे सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब ले जानकारी दिएका छन।
प्रतियाेगितामा मधेश प्रदेश अन्तर्गत ८ जिल्ला का टिमहरूकाे सहभागिता रहेकाे थियाे।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |