जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि आज गोली प्रहार भएको छ । उनी जापानका राजधानी टोकियोको नारा शहरमा सम्बोधन गर्दै थिए । त्यही क्रममा आक्रमणकारीले उनलाई पछाडिबाट दुई गोली हानेका थिए । गोली लाग्नेबित्तिकै सिन्जो आबे भुइँमा लडेका थिए । यसपछि उनलाई हृदयघात पनि भएको सञ्चारमाध्यमले जनाएका छन् ।
शिन्जो आबे गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । आक्रमणकारीले आबेलाई गोली हानेर भाग्ने प्रयास गरेका थिए। तर, त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई तत्कालै पक्राउ गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |