जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । उनी जापानको नारा सिटीमा भाषण दिइरहेका थिए र त्यही क्रममा गोली लागेर घाइते भएका थिए । जापानी अधिकारीहरूले शिन्जो आबेको मृत्यु भएको पुष्टि गरेका छन् । उनको छातीमा गोली लागेको थियो ।
सिन्जो आबेलाई गोली हानेको आरोपमा नारा शहरका ४१ वर्षीय तेत्सुया यामागामी पक्राउ परेका छन् । प्रहरीले घटनास्थलबाट एक बन्दुक पनि बरामद गरेको छ, जुन संदिग्ध व्यक्तिसँग थियो। जापानी सञ्चारमाध्यमका अनुसार संदिग्ध ४१ वर्षीय यामागामी तेत्सुया समुद्री आत्मरक्षा बलका पूर्व सदस्य हुन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |