राजबिराज । राजबिराज नगरपालिकाले बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तर्गत पाेषण मैत्री स्वास्थ संस्था घाेषणा कार्यकम सम्पन्न गरेकाे छ। बिहिवार राजबिराज नगरपालिका वडा ७ स्वास्थ शाखा द्वारा शतप्रतिशत पाेषणका सुचकहरू पूरा गरेपछि पाेषण मैत्री स्वास्थ संस्था घाेषणा गरेकाे हाे।
उक्त अवसरमा प्रमुख प्रशासकिय अधिकृत भाेगेन्द्र यादव ले मानव पुजी निर्माण गर्न सुनाैला हजार दिन कार्यक्रम अनुसार घर मै पाेषण मैत्री वातावरण बनाई बिकलान,अशक्त हुन वाट जाेगिन पाेषण मैत्री समाज निर्माण गर्नु अहिलेकाे आबश्यकता रहेकाे बताउनु भयाे। उनले मानव पुजी भनेकाे बालवालिका रहेकाेले समाजमा असल कुशल स्वस्थ बनाउन कुपाेषणका दर लाई शून्य ल्याई पुर्ण वडा घाेषणा समेत गर्ने प्रतिबधता जनाएका छन । शहरी स्वास्थ केन्द्र का ईन्चार्ज सन्ताेष दास ले विभिन्न संस्थाकाे सहयाेगमा बिगत केही पाेषणका कार्यक्रम गर्दै आएकाे छ।
पहिलाे र दाेस्राे स्टेजमा रहेका कुपाेषित बालवालिकाहरू उपचार गरिरहेकाे बताउनु भयाे। साे अवसरमा स्वास्थ शाखा ईन्चार्ज सन्ताेष दास ले कुपाेषणकाे चक्कर जीवन भरकाे ठक्कर, हरेक बार खाना चार ले दिन्छ, भन्ने नारा सँग गर्भबति र सुत्केरी महिलाहरूलाई पाेषण सम्बन्धमा जानकारी गराउदै आएकाे बताए। उनले भने गर्भबति देखि २ बर्ष सम्म ८० प्रतिशत बृद्विबिकास हुने भएकाेले गर्भबति देखि नै दुई बर्ष सम्म पाेषणका सम्पुर्ण सुचक पूरा गर्न नियमित सबैकाे उपचार १० चाेटी गर्नुपर्ने, आईरन चकी, खाेप नियमित लिनुपर्ने बताए।
स्वास्थकर्मि अमर यादब ले सागसब्जी, माछामासु पाेषणयुक्त खानालाई प्रयाेगमा ल्याएकाेले पाेषणमैत्री पाेषण कर्नर काे ब्यबस्था गरेकाे, स्तनपान, कुपाेषित जिराे हुनुपर्दछ, भएका लाई उपचार भएकाे, रेकड गरेकाे मुवाटेप, सालटर मेसिन, पाेष्टर पम्पलेटमा प्रचार,६ महिना पछि थप खाना काे उचित ब्यबस्थापन गरेपछि घाेषणा गरिएकाे हाे।
राजबिराज वडा ७ का वडा सदस्य रामान्नद देवकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा नगरपालिका स्वास्थ शाखा प्रमुख निरन्जन यादब, वडा सचिव कल्पणा देव, पत्रकार चन्दनकुमार यादब, पाेषण सहजर्कता रंजिता यादब लगायत महिला स्वास्थस्वयमसेविका हरूले शुभकामना मन्तब्य राखेका थिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |