राजविराज । आज इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद उल अजहा अर्थात बकरिद पर्व हो । यो पर्व आज सप्तरी सहित देशैभरिका इस्लाम धर्मावलम्बीहले धुम धाम सगं मनाउदै छ । ईद-उल-अजहा को अर्थ कुर्बानी को ईद हो । इस्लामिक क्यालेन्डर अनुसार ईद-उल-अजहा पर्व १२ औं महिनाको १० तारिखमा मनाइन्छ ।
यो इद उल फित्र पछि इस्लाम को दोस्रो प्रमुख चाड हो। यो पर्व रमजान महिना सकिएको ७० दिनपछि मनाइन्छ । चन्द्रमा देखिएपछि बकरिदको मिति तय हुन्छ । यो पर्व बलिदानको रुपमा मनाइन्छ र बोकाको बलि दिइन्छ । मुस्लिम समुदायका लागि इदको पर्व निकै महत्वपूर्ण हुन्छ ।
आज नेपाल सरकारले बकर ईद (ईद-उल-अजहा) पर्वको उपल्यक्षमा देशभर सर्वाजनिक बिदा दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |