राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले साँसद रेशम चौधरीलाई निसर्त रिहाई गर्नुपर्ने लगायतका बिभिन्न १४ बुँदे माग राखी ज्ञापन–पत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत आज सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गरी लोसपाले उक्त ज्ञापन–पत्र बुझाएका हुन् ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएका नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बिभिन्न १४ बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएका हुन् । लोसपाको ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले ज्ञापन–पत्र आजै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौ पठाउने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञापन–पत्रमा साँसद रेशम चौधरीसहित बिभिन्न आन्दोलनको क्रममा पक्राउ परेका राजबन्दीहरुलाई निसर्त रिहाई गर्नुपर्ने, देशमा व्यप्त महंगी, भ्रष्टाचार, कृषिको लागि मलखाद र नागरिकताविहिनको लागि नागरिकता उपलब्ध गराउनुपर्ने लगायतका बिभिन्न १४ बुँदे माग उल्लेख गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |