राजविराज । जनता समाजवादी पार्टीकी (जसपा) कार्यकारिणी सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् ।
अध्यक्ष उपेन्द्र यादव लाई सम्बोधन गर्दे उनि पत्रमा लेखिएकी छिन “वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न असमर्थ रहेकोले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु । आजकै मितिदेखि लागू हुने गरी पार्टीले दिएको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।”
यादव यसअघि भौतिक पूर्वाधार मन्त्री थिइन् । पार्टीले मन्त्रिवाट फिर्ता वोलाएपछि उनि असन्तुष्ट हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |