काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ माथि सैद्धान्तिक छलफल सकिएको छ। विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गरेका थिए ।
सो विधेयकमाथि बिहीबार र शुक्रबार दफावार छलफल भएको थियो। आज दफावार छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको घोषणा गरेका थिए ।
पहिले नै संसदमा टेबुल भएको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिएर पुन: संसदमा टेबुल भएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |