काठमाण्डौ । प्रतिनधि सभा काे उपसभामुखमा पुष्पा भुसाल गाैतम निर्वाचित भएका छन। सदन मा उपस्थित २ सय ४२ मत मध्ये पुष्पा ले १ सय ४८ मत ल्याई बिजय भएकी छिन।
सभामुख अन्नी प्रसाद सापकाेटा ले उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल ले बहुमत वाट बिजय भएकाे घाेषण गरेका छन, उनका प्रतिद्वन्दी नेकपा एमालकी विद्या भट्टराई ले ९३ मत प्राप्त गरेका थिए । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको थियाे ।
भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार थिए भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार बनेका थिए ।
हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद थिए। जसमध्ये आज भएकाे निर्वाचनमा २ सय ४२ जना सासंद उपस्थित रहेकाे थियाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |