राजविराज । सप्तरीमा कुटपिटबाट एक बृद्ध महिलाको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. ८ प्रवाहापट्टी टोलकी ६० बर्षिया जिरा देवी मण्डलको मृत्यु भएको हो ।
डाक्नेश्वरी नगरपालिका वडा न. ८ प्रवाहापट्टी टोलका गोसाई मण्डलको छोरा २६ वर्षिय मनोज मण्डलले साईकलमा मल बोकी ल्याउदै गरेको अवस्थामा गाँउकै एक बालकलाई साईकल बाट समान्य चोट लागेको बिषय लिएर झै-झगडा तथा कुटपिट भएको थियो ।
विहिवार साँझ झगडा भइरहदा घटना स्थलमा झगडा छुट्याउन गएका मनोज मण्डलको आमा जिरा देवी मण्डललाई समेत कुटपिट गरी घाईते बनाए पछि तत्काल उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो । कुटपिटबाट मृतक महिलाका छोरा मनोज समान्य घाइते भएका छन् ।
मृतकको पोष्टमार्टम समेत कार्य सम्पन्न भई शव परिवारजनलाई बुझाएको छ । यता सो घटनामा संलग्न कुटपिट गर्ने ब्यक्तिहरुको पहिचान एवम खोजतलाश कार्य जारी रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |