राजविराज । सप्तरी काे डाक्नेश्वरी नगरपालिका उपप्रमुख मिरा कुमारी यादब ले ऐन मिचेर लगभग ६ लाख बराबरकाे माेटरसाइकल खरिद गरेका छन।
सरकारले २५० सिसीभन्दा बढीका मोटरसाइकल आयातमा रोक लगाएको अबस्था मा निजि स्वार्थ पूरा गर्न उपप्रमुख यादब ले माेटरसाईकल खरिद गरेकाे हाे। सो मोटरसाइकल खरिद गर्न राजविराजस्थित एक अटो मोवाइल कम्पनीको नाउँमा नगरपालिकाले २०७९ असार १७ गते कार्यादेश दिइएको थियो । चलानी नं.२३८८ मा दर्ता भएको सो पत्रमा मोटरसाइकल उपलब्ध गराइदिन उल्लेख गरिएको छ ।
कार्यादेशअनुसार १५० सीसीभन्दा कमकै मोटरसाइकल लिनुपर्ने थियो । तर, उपमेयरका छोरालाई अन्य मोटरसाइकलभन्दा पनि ‘वजाज डोमिनार–४००’ मोटरसाइकल नै मन परेपछि आमा (उपमेयर) मार्फत प्रमुख प्रशासकीय अधिकृतलाई शोरुममा फोन गर्न लगाएर सो मोटरसाइकल लगेका हुन् ।
मेयर का प्रतियाशी कृष्णानन्द यादब ले निर्वाचित भएको ३ महिना पनि नबित्दै अनावश्यक रुपमा आर्थिक लाभ लिने कार्य गर्नुको साथै आफू चढ्ने मोटरसाइकल पनि हेभी नै खरिद गर्ने जनप्रतिनिधिसँग के अपेक्षा गर्न सकिने भयाे। उनले उपमेयर यादव आफ्नो छोराका लागि खरिद ऐनसम्मलाई वेवास्ता गर्दै सो मोटरसाइकल खरिद गरेको आरोप लगाए ।
उता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले आफुले १५० सीसीसम्मको मोटरसाइकल खरिद गर्न पत्र (कार्यादेश) दिएको बताए । उपमेयर ज्यूलाई अनुगमन स्थलहरुसम्म पुग्नका लागि सवारी थिएन, त्यसैले उहाँको लागि १५० सीसीसम्मको मोटरसाइकल खरिद गर्न हामीले पत्र बनाइदिएका थियौं’ उनले भने–‘तर, उहाँको छोरालाई त्यो मोटरसाइकल मन परेन, तत्काल दिलाइदिनु र मिल्छ भने मिलाउनु, मिलेन भने म आफैं पैसा तिरिदिन्छु भनेर उपमेयर ले भन्नू भयाे।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |