सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका ५ स्थित चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय लक्ष्मी सदा रहेका छन् ।
स्थानीयका अनुसार शुक्रबार बेलुका गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका सदा अचानक डुब्न पुगेका थिए । उनी डुबेको खबर गाउँलेले राती थाहा पाए लगतै प्रहरीलाई खबर गरेका थिए । सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराइ खोजी गर्दा शनिवार बिहान ७ बजे उनको शव मृत अवस्थामा चन्द्रनहर भन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।
मृतक सदाको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको प्रहरीले जनाएको छ । सदा वर्षौँदेखि गाउँभरिका गाईबस्तु चराउने काम गर्दै आएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |