श्रीलंकामा जारी संकटका बीच राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । श्रीलंकामा आज बुधबार हुने राष्ट्रपतीय निर्वाचनमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने अनुमान गरिएको ।
यसैबीच विपक्षी उम्मेदवार सजित प्रेमदासले अल्हपेरुमाको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । सांसदहरूले मंगलबार कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे सहित तीन जनाको नाम उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए ।
राष्ट्रपति पदका लागि सांसदहरुले रणिल विक्रमासिङ्घे (७३), दुल्लास अल्हपेरुमा (६३) र अनुरा कुमारा दिसानायके (५३) को नाम प्रस्ताव गरेका थिए । अल्हपेरुमा एक कट्टर सिंहली बौद्ध राष्ट्रवादी र सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीका सदस्य हुन्। प्रमुख प्रतिपक्षी नेता एस. प्रेमदासले समर्थन दिएर नाम फिर्ता लिएका छन् । अर्कोतर्फ दिसानायके वामपन्थी जनता विमुक्ति पेरामुना (जेवीपी) का प्रमुख सदस्य हुन्।
नयाँ राष्ट्रपतिको कार्यकाल पूर्वराष्ट्रपति राजापाक्षेको बाँकी कार्यकाल नोभेम्बर २०२४ सम्म रहनेछन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |