मोरङ्ग । विराटनगर–१३ रोडशेष चौकबाट बच्चा लिएर फरार महिलालाई प्रहरीले भारतको विहार राज्य अंतर्गत दरभंगाबाट नियन्त्रणमा लिइएको छ ।
गत सोमबार बिहान मोरङको बुढीगंगा–१ का दिपेन यादवको साथमा रहेकी एक वर्षीया मिसुका यादवलाई लिएर फरार अञ्जली साह भनिने महिलालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। घटनामा बालिकाका बुबा दिपेनको पनि संलग्नता रहेको देखिएको छ ।
पेशाले मेकानिकल इन्जिनियर यादवले आफ्नै श्रीमती ममता यादवलाई दवावमा राखेर ससुरालीबाट रकम असुल्ने योजनामा छोरी अपहरणमा परेको नाटक रचेको आफन्तको दावी छ । दाइजोको निहुँमा दिपेनले ममतालाई टर्चर दिने गरेका थिए । श्रीमती बिबिए पढ्न काठमाण्डौं गएपछि अञ्जलीसँग निकट बनेका दिपेनले गाडी खरिद गरेका थिए ।
त्यहि गाडीको रकम बुझाउनका लागि श्रीमतीमार्फत ससुरालीलाई दवाव बढाउने उद्देश्यले छोरीको अपहरण गराएको परिवारसँग निकट रहेकाहरुले जानकारी दिइएका छन् । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले घटनाको विषय चाँडै सार्वजानिक गरिने बताएका छन् । बालिकाको आमा ममताले बच्चा सकुसल रहेको बताएकी छिन् ।
बच्चा लिएर फरार भएपछि महिलाले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका समाचार समेत हटाउनुपर्ने माग समेत राखेकी थिइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |