आज बिहीबार थाहा हुनेछ भारतमा अबको राष्ट्रपति को बन्छ । १८ जुलाई को मतदान भइसकेको छ, अब मतगणना गर्न मात्रै बाँकी छ । यसपटक भारतको १५औं राष्ट्रपति कसले पाउनेछ त्यो भने हेर्ने विषय हो । आज दिनको ११ बजे देखि संसद भवनमा मतगणना सुरु हुनेछ र साँझसम्म निर्वाचनको नतिजा घोषणा हुने सम्भावना छ ।
सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बाट द्रौपदी मुर्मु र विपक्षी दलबाट यशवंत सिन्हा उम्मेदवार छन् । मुर्मुको जितको प्रबल सम्भावना छ । यदि उनले जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन्।
वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ र नयाँ राष्ट्रपतिले २५ जुलाईमा सपथ लिनेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |