राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) की राष्ट्रपति पदका उम्मेदवार द्रौपदी मुर्मु राष्ट्रपतिमा विजयी भएकी छिन् । यो जितसँगै उनले भारतीय राजनीतिको इतिहासमा पहिलो आदिवासी महिला राष्ट्रपतिको रुपमा आफ्नो नाम दर्ता गराएकी छिन् ।
राष्ट्रपति निर्वाचनका लागि कुल चार चरणको मतगणना भएको थियो । निर्वाचनमा कुल ४७५४ मत खसेको थियो । जस्मध्ये ४७०१ मत वैध र ५३ मत बदर भएको थियो ।
निर्वाचनमा द्रौपदी मुर्मुले वैध मतको ६४ प्रतिशत मत प्राप्त गरिन भने उनका प्रतिद्वन्द्वी यशवंत सिन्हाले ३६ प्रतिशत मत प्राप्त गरे ।
द्रौपदी मुर्मुले जुलाई २५ मा राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिने छिन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |