राजबिराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन गरेको छ ।
कार्यालयले ६ करोड ८४ लाख २० हजार जती राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो तर राजश्व लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाका अनुसार कर्मचारीको समस्या, कोरोना महामारी,खुल्ला सिमाना, बाटोको समस्या, स्थानिय तहको निर्वाचन लगायतका विविध कारणले लक्ष्य अनुसारको सफलता नमिलेको बताउनु भयो।
जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट ०७८/७९ मा सो परिमाणको राजश्व संकलन भएको हो । उनले आ.ब. २०७८/०७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५ सय ८७, नेपाल प्रहरीले ४ सय ६३ र भन्सार कर्मचारीहरुबाट १४ गरि कुल १ हजार ६४ लिलामी मुद्दा रहेकाे छ। यस कार्यालयमा बुझाइएकोमा २ सय मुद्दाको लिलामी कार्य सम्पन्न भइसकेको र ४ सय ९९ मुद्दा चाढै टुंग्याउने सम्पूर्ण तयारी र प्रक्रिया पुरा गरिएको जानकारी पनि दिए ।
जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालय छन्। जसमध्ये बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र संचालनमा छन भने दुबै छोटी भन्सारबाट पनि अपेक्षा अनुसारको राजश्व संकलन हुन नसकेको प्रमुख झा ले बताउनु भयाे।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |