राजविराज । मधुश्रावणी पर्वको अवसरमा शनिबार मैथिल भाषाकी गायिका मुनचुन देब ‘प्रिया’ प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा स्थापित उर्मिला झा स्मृति पुरस्कारबाट पुरस्कृत भएकि छिन ।
पुरस्कृत गायिका प्रियालाई सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सम्मानपत्र, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले नगद पुरस्कार र बैद्यनाथ झाले दोसल्ला ओढाएर समान गरेको छ ।
मैथिली साहित्य परिषद्की आजिवन सदस्य गायिका उर्मिला झाको चार वर्ष अघि मधुश्रावणी पर्वकै समयमा विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको थियो । झाकै स्मृतिमा उहाँका जेठाजु प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ । पुरस्कारको राशी २ हजार पाँच सय रुपियाँ रहेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले धर्म, सँस्कार, सँस्कृति र भाषालाई जोगाउन महिलाहरुको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले जीवनउपयोगी सँस्कारलाई जिवित राख्न समाजमा विद्यमान ढोंगी कुप्रथा, कुरिती, बिकृति हटाउन महिलाहरुलाई अगाडि बढनु पर्ने बताउनु भयो ।
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले हरेक चाडपर्वले समाजलाई जोड्ने, परिवारमा स्नेह, दाम्पत्य जीवन सुखमय बनाउन र विविधितायुक्त समाजलाई जोड्न चाडपर्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।
सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेलले मनोरञ्जन, बालपन र खुलापनको आभाष प्रदान गर्ने मधुश्रावणी पर्व परिवारमा सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम, मनोरञ्जन, दाम्पत्य प्रेम, पारिवारिक कर्तव्यबोध र जीवनोपयोगी शिक्षा दिने उत्कृष्ट पर्व रहेको बताउनु भयो ।
कार्यक्रममा पुरस्कारका संस्थापक बैद्यनाथ झा, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरु बिष्णु मण्डल, विवेकानन्द मिश्र, शुभचन्द्र झा, मिलापकी अध्यक्ष रमिला साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।
मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झाको अध्यक्षतामा सम्पन्न कार्याक्रमको सञ्चालन प्रतिमा देब र स्वागत रीता देबले गर्नुभएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |