झापा । कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका तीन किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् । सुनकोशी चिया बगानमा झिङ खोलाको किनारमा रहेको बयरको रुखमा झुन्डिएर ती किशोरीहरुले सामूहिक आत्महत्या गरेका हुन् ।
पंचम गणेशकी १६ वर्षिया छोरी करिना , पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना रहेका छन् । आज विहान ७:३० बजे झुन्डिएको अबस्थामा तीनैजना फेला परेका थिए । उनीहरु हिजो दिउँसोदेखि हराएका थिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अबस्थामा फेला परेका हुन्।
झुन्डिनको लागि तिनीहरुले गाई बाँध्ने दाम्लो , प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरेका थिए। ती तीनैजना किशोरीहरु चिया बगानमा काम गर्ने गरेका थिए । यसरी ती तीनैजनाले सामूहिक आत्महत्या गर्नुको कारण थाहा हुन सकेको छैन । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |