राजबिराज । राजविराज नगरपालिका १२ दमावति टोलका एक दलित परिवारमा जुम्ल्याहा सन्तान जन्मेपछि पालनपोषण गर्न कठिन भएको छ।
दमाबति टोल स्थित दलित बस्तीका पंचदेव खंग र उनकी पत्नि पुनिता लाई जुम्ल्याहा सन्तानलाई पोषणयुक्त खाना खुवाउन जोहो गर्दैछन। जेठ १ गते स्थानिय युनिक सिटी अस्पतालमा पुनिताले जुम्ल्याहा सन्तान जन्माएकी थिइन् ।
शल्यक्रिया मार्फत जन्माइएको शिशुमा एक छोरा र एक छोरी छन भने यसअघि पनि उनका दुई सन्तान छन् । परिवारको आर्थिक अवस्था निकै कमजोर भएका खंग दम्पत्तिले आर्थिक अभावका कारण अहिले नवजात शिशुलाई पोषिलो आहार कसरी खुवाउने चिन्तामा परेकी छिन।
अर्काको खेतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका पंचदेवले अस्पतालमा सुत्केरी गराउँदा साहु महाजनसँग लिएको ८० हजार ऋण सापटी तिर्न नसक्दा अहिले नवजात शिशुलाई अब कसरी हुर्काउने भन्ने चिन्ताले सताएको बताउँछन् ।
बच्चालाई स्वथ्य राख्न पोषिलो आहारको आवश्यक्ता परे पनि आर्थिक अवस्था निकै कमजोर भएकाले सोको जोहो गर्न नसकेको उनले पीडा सुनाईन। यता नवजात शिशुका लागि आमाको दुध सबैभन्दा पोषिलो आहार भएपनि दुध पुग्न नसक्दा बच्चा कुपोषणले ग्रसित हुन थालेको पुनिताले भनिन् ।
फुसको झुप्रो बनाएर बस्दै आएका खंग दम्पत्तिको सात दिनको अस्पताल बसाइले अहिले आम्दानीको सबै बाटो बन्द हुँदा जिवन थप कष्टकरमय बन्दै गएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |