सप्तरी । विरगंजकी एसिड पिडित मुस्कान खातुनको जिवनीमा अधारित वन्न लागेको ‘मुस्कान’ फिल्ममा मुख्यमन्त्रि देखि मन्त्रिसम्म अभिनय गर्न लागेका हुन ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्रि प्रदिप यादवले यस फिल्ममा नायकको भुमिकामा रहने छ । यसेगरि मधेश प्रदेशका मुख्यमन्त्रि लाल वावु राउत सहयोगी पात्रका रुपमा देखा पर्ने छन भने एसिड पिडित मुस्कान खातुन पनि मुख्य भुमिकामा रहने छिन। यि तिनै जना अभिनय गर्ने पात्रहरु विरगंजका वासी हुन ।
आज भन्दा करिव तिन वर्ष अगाडि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै छपकैया स्थित आफनो घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विधालय जाने क्रममा पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो। यसै मा अधारित फिल्मका कथा वस्तु रहने छ । खातुनलाई वास्तविक जिवनमा सहयोग पुर्याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन ।
रमित ढुंगानाको डेब्यु निर्देशन रहने यस फिल्मका मुख्य पात्रहरु पनि डेब्यु गर्दे छन । निर्देशक ढुंगानाका अनुसार फिल्मको छायांकन साउनको अन्तिम सता देखि सुरु हुने छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |