राजविराज, १२ साउन । जनता समाजवादी पार्टी (जसपा ) नेपालले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न मांग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छ्न । बिहिवार जसपा सप्तरी ले प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
जसपा सप्तरी अध्यक्ष केदार यादव द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विभिन्न माँग सहित जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ।
ज्ञापनपत्रमा मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरि राहत उपलब्ध गराउनु पर्ने,समयमा मलखाद ब्यबस्थापन, किसानका ऋणको ब्याज मिनहा, सिचाइको ब्यवस्थापन, सहुलियत डिजेलको उपलब्धता, कृषि बिद्युतिकरण लगायत कृषि मिटरमा विशेष छुटको ब्यबस्थापनको माग गर्दै ज्ञापनपत्र दिइएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |