चन्दन यादब, राजविराज, १२ साउन । सप्तरीको महादेवा गाउँपालिकाले असारैमा झन्डै ८० प्रतिशत बजेट असार मै खर्च गरेको छ।
गाउँपालिकाले योजना छनोट तथा कार्यान्वयन निश्चित मापदण्डको आधार विना नै असार महिनामा मात्रै ७९ दशमलव ९४ प्रतिशत बजेट खर्च गरेको देखिएको हो।
महालेखा परीक्षककको वार्षिक प्रतिवेदन २०७९ अनुसार गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा ५ लाखभन्दा घटी बजेट भएका १३८ वटा योजना बनाई ५७ वटा कोटेशन विधिबाट र अन्य उपभोक्ता समिति मार्फत काम गरेका छन। पालिकाले असार महिनामा मात्र ७९-९४ प्रतिशत रकम विकास निर्माणमा खर्च गरेको छ भने योजना छनोट तथा कार्यान्वयन निश्चित मापदण्डको आधारमा भएको प्रतिवेदनमा देखिएको छ।
प्रतिवेदनमा अन्तिम समयमा विकास निर्माणका कार्य गर्नाले योजनाहरु दिगोपना नहुने अवस्थामा सुधार ल्याउनुपर्ने सुझाव दिएको छ। गाउँपालिकाले लेखापरक्षणको क्रममा गाउँसभाबाट पारित योजनाहरुको विवरण पेस गरेको देखिदैन।
गाउँपालिकामा पुँजिगततर्फ ६ वटा वडामा १०५ वडास्तरीय, ८५ वटा गाउँपालिकास्तरीय तथा संघीय र प्रदेश तर्फ २३ वटा गरी जम्मा २१३ योजनामा १३ करोड ३१ लाख बजेट विनियोजन भई १० करोड ७६ लाख खर्च भएको भने १७ वटा योजनामा बजेट तथा खर्च शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यपालिकाको चैत्र १७ को निर्णयबाट विभिन्न कारणबश सम्पन्न हुन नसकेका योजनाहरु परिवर्तन गर्नुपर्ने भनि उल्लेख गरेकोमा योजनाको नाम र रकम उल्लेख गरेको देखिदैन भने १ करोड ३ लाखको १९ वटा योजनाहरुमा योजना शाखाबाट थपरघट भइ रकमान्तर गरेको कार्यालयले जनाएको प्रतिवेदनले देखाएको छ ।
विकास निर्माणका कार्यको लागि फागुनरचैतमा सम्झौता भएर काम सुरु भएपनि काम सम्पन्नपछि असारतिर नै विल पेस गर्ने गरेकाले सो महिनामा भुक्तानी हुने गरेको पालिका ले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |