सप्तरी, १३ साउन । रूपनी-५ बसबिटी मुसहरनीयामा किसानहरूलाई खेती गर्न सहयोगका लागि कष्टम हायरिङ सेन्टरको शुभारम्भ भएको छ। शुक्रबार माँ भवानी कृषि सहकारी संस्था लि. रूपनी गाउँपालिका-५ को आयोजना तथा कृषि ज्ञान केन्द्र सप्तरीको सहयोगमा सो कष्टम हायरिङ सेन्टरको शुभारम्भ भएको हो।
शुभारम्भ कार्यक्रम रूपनी-५ को वडा अध्यक्ष गंगाराम यादवको अध्यक्षता तथा कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सो हायरिङ सेन्टरको शुभारम्भ भएको हो। हायरिङ सेन्टरमा खेती गर्नका लागि पावर टेलर, मिन्नी टेलर, धान रोप्ने, काट्ने,गेहु छर्ने, काट्ने लगायत खेतका माटोलाई समतल पार्ने मेसिनहरू व्यवस्था गरिएको राष्ट्र सहकारी संस्थाका भूपेन्द्र प्रसाद यादवले बताउनु भयो।
उहाँले कृषि हायरिङ सेन्टर मधेश प्रदेश सरकारको प्रत्येक पालिकामा स्थापना गर्ने योजना अनुसार ७५५ अनुदानमा तयार गरी शुभारम्भ गर्नु भएको ज्ञान केन्द्रका प्रमुख यादवले बताउनु भयो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |