वर्दिवास, १४ साउन । आफ्नै भतिजि वलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन । वर्दिवास नगरपालिका वजार क्षेत्रमा वस्दै आइरहेका आफ्नै काका पर्नेले ८ वर्षीया भतिजिलाई वलात्कार गरेको आरोपमा गिरफ्तार गरिएको छ ।
ईलाका प्रहरी कार्यालय वर्दिवासका अनुसार साउन १० गते राति करिव १० वजेको समयमा भतिजिलाई आफ्नो कोठामा वोलाई वलात्कार गरेको आरोपमा साउन ११ गते निज काका माथि पिडितको अभिभावकले प्रहरीमा उजुरी दिएको थियो ।
किटानी जाहेरीको अधारमा २४ वर्षिया आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ । आरोपीत युवकलाई जिल्ला अदालतवाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |