राजबिराज, १६ साउन । मानव अधिकारकर्मी एवम् इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३० औं स्मृति दिवस को अवसरमा हितनारायण लाल दास सम्मानित भएका छन।
सोमवार एक कार्यक्रम बिच बैध-प्रकाश मानव अधिकार पुरस्कार कोष राजविराजको आयोजनामा प्रकाश स्मृति दिवसमा सम्मानित भएका हुन।
शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पुरयाउनु हुने राजविराज नगरपालिका -५ का हितनारायण लाल दासलाई ५१ सय राशीसहितको सातौ वैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरिएको हो।
उक्त अवसरमा मधेश प्रदेश सरकारका संचार राज्य मन्त्री रूबी कर्ण र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर कुमार ठाकुरले सामुदायिक सेवा केन्द्रका अध्यक्ष दासलाई प्रमाणपत्र तथा दोसल्ला र पाग लगाएर सम्मान गरे ।
दासलाई कोषका संस्थापक अध्यक्ष बैधनाथ झाले नगद ५ हजार १ सय रुपैया प्रदान गर्दै टीका लगाएर सम्मान गरेका छन् ।
पाँच दशक अघि शिक्षण पेशाबाट सार्वजनिक जीवन सुरु गर्नुभएका दास हाल महिला, बालबालिका तथा जेष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि निरन्तर कटिबद्ध र क्रियाशिल छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |