राजबिराज, १६ साउन । तिलाठीकोईलाडी गाउपालिका वडा नम्वर १ स्थित राप्राबि तिलाठीमा दुई बर्ष अगाडि निर्माण गरिएको पर्खाल भत्केका छन । गत शनिवार पोखरीको डिलमा रहेको उक्त पर्खाल भत्किएको स्थानियवासी ले जानकारी गराएका छन ।
पर्खालमा रहेको फुटी नराखी ईन्जिनियर ले पर्खाल निर्माण गरेको पर्खालको जग नै कमजोर भएपछि भत्केको स्थानियको आरोप छ। पोखरीमा ढलेको सो पर्खालको फाउन्डेसनमा १० ईन्च र माथि ५ ईन्च ईटाको जोडाई गरेको देखिन्छ ।
मधेश प्रदेश सरकारको सशर्त योजना अन्तर्गत ५० लाखको लागतमा पोखरीको घाट र पर्खाल निर्माण तिलाठीकोईलाडी गाउपालिका को कार्यालयले संचालन गरेको हो । गाउपालिका ले स्थानिय ठेकेदारहरूको मिलोमतोमा नाम मात्रको उपभोक्ता समिति बनाई उक्त कार्य गरेका थिए ।
ठेकेदारहरूले गुणस्तरहिन सामग्रीहरूको प्रयोग गरेकोले पर्खाल भत्केको स्थानियहरू बताउछन ।सानासाना बालवालिकाहरू पढने बिधालय जस्तो संबेदनशिल स्थानमा यस्तो किसिमको काम गर्ने समिति माथि कानुनी कार्यवाही हुनुपर्ने स्थानियहरूले माँग गरेको छन ।
उक्त योजनाको भुक्तानीका लागि तत्कालिन वडा अध्यक्ष तथा वर्तमान वडा अध्यक्ष दिनेश्वर मिश्रले सिफारिस नदिएको बताए । यस्तो गुणस्तरहिन कामको मुल्यांकन गरी कसरी भुक्तानी गरेको बारेमा बुझदाँ फोन सम्पर्क हुन सकेन ।
यता तिलाठीकोईलाडी गाउपालिका सहायक अधिकृत राजु झा ले भने पोखरीको काम गर्दा गर्दै संयोगले जेसिवीको ठक्कर लागेर भत्किएको बताउछन, झा ले अहिले पनि पर्खाल भत्केको अबस्थामा पनि गुणस्तरिय चेकजाँच गर्न सकिने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |