राजबिराज, १७ साउन । सप्तरीमा सप्तकोसी नदीमा पानीको सतह बढेपछि तटबन्ध छेउका बस्तीमा हाई अलर्ट गरिएको छ । पानीको चाप बढेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढामा हाई अलर्ट गरिएको छ। सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरी ले जनाएको छ ।
प्रहरी अनुसार बिहान ११ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको छ भने अहिले कोसी बयारेजका ३२ वटा ढोका खोलिएको जनाईएको छ ।
पानीको सतह बढेपछि गोबरगाढामा रहेको विद्यालय नजिक कटान पुगेको छ भने पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिका ले जनाएको छ । पानीको सतह बढन थालेपछि हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परमा कटान हुने थालेको वडा अध्यक्ष कृष्णकुमार यादब ले जानकारी दिए ।
अध्यक्ष यादब ले कटान नियन्त्रणका लागि भारतीय कोसी योजनाका ठेकेदारहरू काम सुरु गरे पनि पानीको दवाव अत्यधिक रहेकाले नियन्त्रण गर्न कठिन भईरहेको बताए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |