चन्दन यादब, राजबिराज, १७ साउन । मेमो खवरका समाचार संयोजक भूषण कुमार सिँह लाई सामाचार संकलन गर्ने क्रममा प्रहरी ले दुर्व्यवहार गर्दै मोवाइल खोसेको छ।
मंगलवार राजबिराज स्थित बजाज मोटर साईकल शोरुम अगाडी भईरहेको झगडाको फोटो खिचने क्रममा प्रहरी ले किन फोटो खिचेको भन्दै मोवाइल खोसेका थिए ।
जब कि संचारकर्मि कुनै पनि सार्वजनिक ठाउमा भईरहेको कुनै घटनाको समाचार संकलन गर्ने अधिकार हुदाँ हुँदै प्रहरीको हस्तक्षेप गर्नु सम्पुर्ण प्रेस जगत माथि नै ज्यादती गरेको भन्दै यस्ता निन्दनिय कार्य प्रति प्रेस मंच ले घोर र्भत्सना गरेको छ ।
मंच का महासचिव अबधेश झा ले भने यस्ता कार्य दुखद रहेकोले दोषी प्रहरीलाई कार्यवाही गर्नुपर्ने र आउने दिनमा यस्ता घटना हुन नदिन प्रहरी प्रशासन सँग आग्रह गर्दै झाले भने यस्ता घटना दोहरिएमा कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन।
यता नेपाल पत्रकार महासँघ शाख सप्तरीका सचिव रामनारायण बिश्वास ले पत्रकार सिँह राजबिराज स्थित शोरुम अगाडी भईरहेको झगडाको फोटो खिचदाँ प्रहरीले दुर्व्यवहार गर्दै मोवाईल खोसेको घटना को र्भत्सना गरेको छ।
उनले भने प्रहरीले सार्वजनिक ठाउमा संचारकर्मिहरूले सामाचार संकलन गर्ने कार्यमा अबरोध गर्नु प्रेस स्वतन्त्रता कुण्ठित गरेको ठहर हो, पत्रकारलाई प्रहरीले हेर्ने मनसाय सही नभएकोले यस्ता व्यवहार नसच्चयाईए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |