चन्दनकुमार यादब, राजबिराज १८ साउन । राजविराज नगर क्षेत्रमा दर्ता बिनै खुलेका क्लिनिक तथा औषधि पसलहरु संचालनमा रहेपनि सम्बन्धित निकाय मौन रहेका छन। अवैध रुपमा सञ्चालित क्लिनिकको लापरबाहीले बिरामीको ज्यान समेत जाने गरेको छ।
यस सम्बन्धमा औषधि ब्यवस्था विभाग, स्थानीय सरकार र प्रशासनले अनुगमन गर्नु नसक्दाँ सर्वसधारणको स्वास्थ नै जोखिममा परेको छ । राजविराज नगरपालिका नगरको मुख्य बजारमा संचालित अधिकाँस यो औषधी पसलमा वरिष्ठ फिजिसिएन, स्त्री तथा बाल रोग विशेषज्ञ चिकित्सको सेवा प्रदान हुने भनिएको हुन्छ तर क्लिनिक दर्ता गर्ने निकाय राजविराज नगरपालिकामा यसको कुनै प्रमाण देखिदैन।
राजविराज नगरपालिकाको तथ्यांक अनुसार पोलि क्लिनिक ५ वटा, हेल्थ क्लिनिक ९ वटा, ल्याब १२ वटा तथा भिडियो एक्सरे ३ वटा दर्ता भएको स्वास्थ शाखा का प्रमुख निरन्जन यादब ले बताए। यता, बजारमा भने यो संख्याभन्दा दोब्बर सञ्चालनमा देखिएको छ । दर्ता भएका मध्ये अधिकांशले मापदण्ड पूरा गरेको देखिदैन भने पाँचौं वर्गको ल्याबमा पनि दुई जना ल्याब असिष्टेन्ट रहनुपर्नेमा एकजना मात्रै छन् ।
राजबिराजको बजार र अस्पताल वरिपरी वाहेक अन्य चोकहरूमा खुलेका औषधि पसलहरुको अबस्था झन खराब छ। यता औषधि वितरण समिति विराटनगरमा दर्ता गरेर मात्र औषधि पसल सञ्चालन गर्नुपर्नेमा ब्यबस्था अनुसार अधिकांश दर्ता बिना नै खोलिएको छ।
राजविराज नगरपालिकामा मात्रै नभई सप्तरी जिल्लाभरि नै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को खुलेआम उल्लंघन भईरहेको छ । यहाँका औषधि पसल, क्लिनिक र ल्याबमा अनुगमन नहुँदा अनाहकमा उपचार गराउन पुगेका ब्यक्तिको मृत्यु भईरहेको प्रति स्थानिय सरकार मौन देखिन्छ।
जनताको ज्यानसँग खेलवाड गर्ने अधिकार कसैलाई नभएकोले यसतर्फ सम्वन्धित सबै गम्भिर हुन नागरिक समाजका अध्यक्ष थानसिँह भन्साली ले आग्रह गरेको छ।
यसैविच राजविराज नगरपालिकाले सात दिनै सूचना जारी गर्दे स्वास्थ्य सेवा संचालन सम्वन्धी अनुमति लिने प्रकृया प्रारम्भ नगरेका तथा अनुमति नलिएका स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा कुनै चिकित्सक, नर्स वा स्वास्थ्यकर्मीले क्लिनिकमा प्राक्टिस गर्न नपाउने व्यवस्था रहेको हुदा कुनै पनि चिकित्सक, नर्स वा स्वास्थ्यकर्मीले उक्त संस्था औषधि पसलहरुमा प्राक्टिस गरेको पाईएमा निजलाई कार्वहीको लागि सम्बन्धित परिषदमा लेखि पठाईने छ भने जारी सूचना मा जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |