राजबिराज, १८ साउन । सप्तरी राजबिराज निवासी तथा प्रभु खाध बिज भण्डारका संचालक प्रभु साह सँग को लेनदेनको कुरा मिलेपछि सीता क्षेत्री को घर जोगिएको छ।
राजविराज ७ का साहुकार प्रभु साह सँग लिएको पैसा को लेनदेन सम्बन्धमा कुरा नमिलदाँ सर्वस्व गुमाउन लागेका राजविराज ६ निवासी ओम प्रकाश क्षेत्री र उनकी पत्नी सीता न्यायका लागी पहल गर्दिन प्रहरी, संचारकर्मिहरू लाई आग्रह गरेका थिए।
सीता ले विभिन्न समयमा ४ लाख ८० हजार लिएको ऋण तेब्बर ब्याज सहित चुक्ता गर्दा समेत ऋण लिँदा गरिएको कागज फिर्ता नगरिएको र बस्दै आएको एउटा मात्र घर पनि खाली गर्न साहले दबाव दिईरहेको अबस्थामा सबैको पहलमा कुरा मिलेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्ले, राजबिराज नगरपालिका वडा ६ का अध्यक्ष शशि चौधरी, पुर्व वडा अध्यक्ष प्रेम यादब, युवा नेता केदार देव, राजकुमार चौधरी लगायत वडावासीहरूको पहलमा लिएको श्रृणको ब्याज सहित १३ लाखमा कुरा मिलेपछि बिवाद को समाधान भएको हो।
क्षेत्री दम्पतीले छोरीको विवाह लगायत अन्य घरयासी कामको लागी साहबाट १० वर्ष अघि पटक पटक गरी ४ लाख ८० हजार रुपैया ऋण लिएका थिए ।
यस अघि विस ०६९ सालमा यसबारे टोलमा वसेको पञ्चायतले साह परिवारलाई ९ लाख ५० हजार दिने सहमति भएका थिए भने कागज फिर्ता गरिदिने सहमती भए पनि सो रकमको व्यवस्था गरी कागज फिर्ता लिन जाँदा साह परिवारले दिन नमानेका थिएन ।
क्षेत्री दम्पतीले न्यायका लागी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासँघ समेतमा निवेदन दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |