राजविराज , १९् साउन । सप्तरीमा मगलवार एक जना र बुधबार २ जनालाई करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ घोघनपुर बस्ने नरेश सरदारको श्रीमती २० वर्षीया अन्जली सरदार र ४० वर्षीया मधु भन्ने सौदानन्द सरदार छन् । उनीहरु काका ससुरा–बुहारी हुन् ।
इलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो र दुवैको जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुखी साहको छोरा ५६ वर्षीय शिवशङ्कर साहको मगलवार करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै आँगनमा रहेको ट्युबेलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
ट्युबेलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा तिनै जनालाई करेन्ट लागर मृत्यु भएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |