राजविराज , १९् साउन । मेमो खवरका समाचार संयोजक तथा प्रेस मंच का कार्यसमिति सदस्य भूषण कुमार सिँहलाई सामाचार संकलन गर्ने क्रममा दुर्व्यवहार गर्दै मोवाइल खोस्ने प्रहरी माथी कारबाहीको माग गरेको छ ।
बिहिवार प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सिंहमाथी दुर्ववहार गर्ने प्रहरीमाथि कारबाहीको माग गरेको हो । संचारकर्मीले कुनै पनि सार्वजनिक ठाउमा भईरहेको कुनै घटनाको समाचार संकलन गर्ने स्वतन्त्र अधिकार हुदाँहुँदै प्रहरीको हस्तक्षेप गर्नु सम्पुर्ण प्रेस जगतमाथि नै ज्यादती गरेको भन्दै प्रेस मञ्च नेपालले घटनाको घोर निन्दा गरेको छ ।
पत्रकार सिँहले राजविराज स्थित वजाज शोरुम अगाडी भईरहेको झगडाको फोटो खिच्दा प्रहरीले दुर्व्यवहार गर्दै मोवाईल खोसेको घटनाको कडा शब्दमा र्भत्सना गर्दै संलग्न प्रहरीमाथी कारबाही नभए आन्दोलनमा उत्रनु बाध्य हुने चेतावनी समेत दिएको छ ।
प्रहरीले सार्वजनिक ठाउमा संचारकर्मिहरूले सामाचार संकलन गर्ने कार्यमा अबरोध गर्नु प्रेस स्वतन्त्रता कुण्ठित गरेको हाम्रो ठहर छ, प्रेस मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ,पत्रकारलाई प्रहरीले हेर्ने मनसाय ठिक नभएकोले यस्ता व्यवहार नसच्चयाईए कडा आन्दोलन गर्ने चेतावनी दिन चाहान्छौ ।
यस्तो कार्य निन्दनिय रहेकोले दोषी प्रहरीलाई हदैसम्मको कारर्वाही गर्न मञ्चद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ । आउने दिनमा यस्ता घटना हुन नदिन प्रहरी प्रशासनसँग आग्रह गर्नुको साथै यस्ता घटना पुनः दोहरिएमा कडा संघर्ष गर्ने बिज्ञप्ती मार्फत चेतावनी दिएका छन।
प्रहरी प्रशासनबाट पत्रकारहरुमाथी हुने दुर्ववहारको घटना प्रती नेपाल पत्रकार महासंघलाई गम्भीर हुन समेत विज्ञप्तिमा आग्रह गरिएको छ । प्रहरी प्रशासनबाट पटकपटक पत्रकारहरुमाथी भएको दुर्ववहारप्रति गम्भीर हुन महासंघको ध्यानाकर्षण गराउन चाहन्छौं प्रेस मञ्च सप्तरीद्वारा जारी विज्ञाप्तिमा उल्लेख गरेको छ ।
गत साउन १७ गते मंगलवार राजबिराज स्थित बजाज मोटर साईकल शोरुम अगाडी भईरहेको झगडाको फोटो खिचने क्रममा प्रहरीले किन फोटो खिचेको भन्दै पत्रकार सिंहको मोवाइल खोसेर लगेका थिए।
यसअघि घटना घटेकै दिन नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवकाे पहलमा पत्रकार सिंहकाे माेबाईल फिर्ता भएकाे थियाे । राजविराजस्थित महासंघकाे कार्यालयमा अध्यक्ष देवलाई पत्रकार सिंहकाे माेबाईल जिल्ला प्रहरी कार्यालय सप्तरीका एक जना प्रहरी सहायक निरीक्षकले बुझाएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |