राजविराज, १९ साउन । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीमा बाढीको अवस्था नियन्त्रणमा रहेको बताए। कोशी तटीयका बासिन्दामा त्रासको वातावरण रहेपनि पानीको सतह घट्दै गएका कारण आतिहाल्नु पर्ने अवस्था नरहेको वहाँको भनाई छ ।
“बुधबारको तुलनामा बिहीबार कोशीको पानी घट्दै गएको छ, आतिने अवस्था नरहेको बताउनु भयो । ” वहाँले हालसम्म कोशीमा पानीको सतह बढ्दा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १३ गोबरगाढामा एक सामुदायिक भवन र एक विद्यालयमा कटान गर्ने बाहेक जिल्लामा अन्य कतै कुनै प्रकारको क्षति नभएको बताएका हुन ।
उदयपुरको बेलका नगरपालिकामा अघिल्लो दिन अस्थायी बाँध कटान गरेर कोशीको पानी पसेपछि सम्भावित जोखिमलाई मधयनजर गरि जोखिम क्षेत्र मानिएको सप्तरीको कंचनरुप, सप्तकोशी र हनुमाननगर कंकालिन नगरपालिकाको विभिन्न वडाको स्थलगत अनुगमन गरेर आफूहरु फर्केको जानकारी दिँदै गौतमले गोबरगाढाका बासिन्दाहरु पनि सबै सुरक्षित अवस्थामा रहेको बताउनु भयो ।
छिमेकी जिल्ला उदयपुरमा आएको बाढीलाई लक्षित गरि सप्तरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिने उपाय अवलम्बनका लागि वहाँले आग्रह पनि गरे । सुरक्षित स्थानमा बस्न तथा सप्तकोशीमा माछा मार्न, दाउरा संकलन गर्न र नुहाउन लगायतका काम हाल नगर्न प्रशासनले आग्रह गरेको हो ।
छिमेकी जिल्ला उदयपुरमा कोशीको बाढीले अस्थायी बाँध भत्काएपछि सप्तरीमा पर्नसक्ने असर र सम्भावित जोखिमपूर्ण क्षेत्रमा नियन्त्रण र व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएका हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |