राजविराज । लाईफ नेपाल जनकपुरधाम ले बाढि पुर्व तयारी तथा प्रतिकार्य ब्यबस्थापन का लागि हनुमाननगर कंकालनी नगरपालिका लाई सामग्री बितरण गरिएको छ । बाढी पुर्व तयारी तथा बिपद संवेदनशील सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यूनिसेफको सहयोगमा लाईफ नेपाल जनकपुरधाम ले हनुमाननगर कंकालिनी नगरपालिका नगरप्रमुख बिरेन्द्र माझी लाई सामग्री हस्तान्तरण गरेका छन ।
लाईफ नेपालका कार्यक्रम संयोजक प्रकाश शर्मा ले लाईफ ज्याकेट, साईरन, गमबुट, बालटिन, मग, त्रिपाल, रेनकोट, डोरी, हेल्मेट लगायत सामग्री हस्तान्तरण गरेको बताए । बर्षा संगै सप्तकोशी, महुली नदि तथा खोलामा पानि बहावका कारण जोखिम बढन थाले पछि आकस्मिक रुपमा हनुमानगर कंकालनी नगरपालिका सहित सप्तकोशी नगरपालिका समेत उक्त सामग्री समेत बितरण गरिएको लाईफ नेपालका रिपोटिङ म्यानेजर अतुल झाले जानकारी दिए।
हस्तान्तरण कार्यक्रममा हनुमाननगर कंकालनी नगरपालिका नगर प्रमुख बिरेन्द्र माझी, उपप्रमुख सरिता यादव, प्रशासकिय अधिकृत दिपेश झा, फोकल पर्सन अमित पाठक सहित लाईफ नेपालका पालिका कोडिनेटर रुबी कुमारी मिश्र, सोसल मोबलाईजर स्वेता गुप्ताको उपस्थिति रहेको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |