राजविराज । मैथिली भाषालाई अश्लील पार्दै अश्लील गीतहरु गाउन थालेपछि चारैतिर वाट विरोध हुन लागेको हो । गायक एवम सँचारकर्मी आदित्य अजयले अश्लील र अभद्र गीत गाउने गायकहरुलाई चेतावनी दिएका छ्न। बिहिवार उनले आफ्नो फेसबुक लाईभ मार्फत मैथिली गीत संगीतमा अश्लीलता फैलाउने गायक,कलाकारहरु लाई चेतावनी दिएका हुन ।
दिन दिनै मैथिली भाषामा बढिरहेको अश्लीलताको कारण गाउँ समाजमा नराम्रो असर परीरहेको ठहर गर्दै मैथिल समाजका चेलीबेटीलाई लक्षीत गर्दे नराम्रो गीत गाउने, हिन्दु देवी देवताको नाम जोरी नराम्रो गीत गाउने र अभद्र गीत गाउने गायकहरुको गीत बायकट्ट गर्नुपर्छ गायक आदित्यले फेसबुक लाईभ मार्फत आग्रह गरेका छन ।
प्यारोडी र अशलिल गीत संगीतको विगविगी को कारण संगीत सिखेका गायक हरु संगीत क्षेत्रमा मिहिनेत गरेका गायक , कलाकार , रचनाकार र डायरेक्टर हरुलाई संगीत क्षेत्र छोडन बाध्यता भएको उनको दाबि छ ।
मैथिली भाषालाई तल्लो अस्तर देखाउन, मैथिली भाषालाई बदनाम गर्न सब भन्दा बढी दोषी मैथिली क्षेत्रमा रहेको छाडा गायक र कलाकारहरु रहेको छ भन्दै गायक आदित्यले आरोप लगाएका छन । आफ्नो भियुज बढाउनका लागि हिन्दु धर्म मात्र नभई सिँगो हिन्दुत्वलाई बदनाम गर्ने गरेको बताएका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |