“माय गे माय मैर गेलिए ।” माधवीके करुणामय दर्द से भरल आवाज बाहर तक आबैछल । “बड जोर पेट दुखाइय । डार सेहो दुखाइय । ऐ मायजी ल चलु न अस्पताल । हमरा बड जोर दर्द होइय ।”
बुढिया खुब जोरसे झरैक क कहलक–“पेट नै दुखाइत, डार नै दुखाइत त बच्चा ओहिना जन्मै छै ? हमरौर के केना घरेमे ४/४ टा जन्मेलिए ।” अस्पताल जायछै तबेटा बच्चा जन्मैछै ? कहैत बुढिया दुवाइर दिस चैल गेल ।
माधवी के घरबाला विदेशमे छल । ससुर रामु काका खेत दिस गेल छल । किछ देर बाद रामु काका ऐल्खिन । कानै क आवाज सुइन लगमे गेल । पुछै छथिन “कि भेल किया कानैछी ।”
वो अपन ब्यथा सुनेलक । रामु काका माथ पकैर ओसरामे बैस गेल । आ सोचे लागल आब केना करबै । “बर्खा बुनीके समय छै । बाट घाट बढियाँ नै छै । एम्बुलेन्स सेहो नै एतैय । कोनो सुविधा नै छै गाममे ।” कि करिए नै करिए सोचैत उइठ के खडा भेल ।
“टोल दिस जायछिए । कोनो न कोनो उपाय त कर परतै ।” कहैत डेग उठेलक । भितरसे खुब जोरस आवाज आयल “बावुजी…।” रामु काका आ काकी दुनु दौरल । बेटा भेल या बेटी भेल जिज्ञासा करैत भितर गेल । वो सब किछ कहितै या किछ करसँ पहिनै माधवी दुनियाँसँ बिदा ल चुकल छल ।
मिना साह
राजविराज–७, सप्तरी
मिति : २०७९ साउन २५ गते
नेपालीमा अनुवाद
“आमा ओ आमा मरे म ।” माधवीको करुणामय पीडाले भरिएको आवाज बाहिरसम्म आइरहेको थियो । “निकै जोरले पेट दुखिरहेको छ । कम्मर पनि दुखिरहेछ । ओ आमा अस्पताल लैजानुस न । मलाई निकै साह्रो पीडा भइरहेको छ ।”
बृद्धाले झर्किदै भनिन्– “पेट नदुखेर, कम्मर नदुखेर त्यसै बच्चा जन्मिन्छ त ? हामीले घरमै ४/४ ओटा बच्चा कसरी जन्मायौ त ।” अस्पताल गए मात्र बच्चा जन्मिन्छ र भन्दै बृद्धा आँगनतर्फ गइन् ।
माधवीको श्रीमान् विदेशमा थिए । ससुरा रामु काका खेत गएका थिए । केही समय पछि रामु काका आए । रोएको आवाज सुनेर नजिकै गए । “के भयो, किन रोएको” रामु काकाले सोधे ।
उनले आफ्नो व्यथा सुनाइन् । रामु काका टाउको समातेर पिढीमा थचक्क बसे । सोच्न थाले “अब के गर्ने ?” वर्षायाम हिलोको समय छ । बाटोघाटो बिग्रेको छ । एम्बुलेन्स पनि आउन सक्दैन् । अन्य कुनै सुविधा छैन गाउँमा । के गर्ने, नगर्ने सोच्दै उठे ।
मनमनै सोचे टोलतर्फ जाने । “कुनै न कुनै उपाय त गर्नैपर्छ” भन्दै पाइला अगाडि बढाएँ । भित्रबाट चिच्याएको आवाज आयो “बाबुजी…।” रामु काका र काकी दुबै दौडे । छोरा भयो वा छोरी भयो भन्ने उत्सुकताका साथ भित्र पसे । उनीहरुले केही भन्नु भन्दा र केही गर्नु भन्दा पहिले माधवीले संसारबाट बिदा लिइसकेकी थिइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |