एजेन्सी । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार लाल किल्लाबाट नवौं पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ७६औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्रीमोदीले लाल किल्लाबाट झण्डा फहराएर ८३ मिनेट राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।
यसअघि २०२१ को स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीमोदीले ८८ मिनेट भाषण गरेका थिए । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्रीमोदीले ६५ मिनेट देशका नाममा सम्बोधन गरेका थिए । सन् २०१५ मा प्रधानमन्त्री मोदीले ८६ मिनेटको भाषण गरेर पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडेका थिए । नेहरूले १९४७ मा लाल किल्लाबाट ७२ मिनेट लामो भाषण दिएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म लाल किल्लाबाट देशका नाममा ९ पटक सम्बोधन गरिसकेका छन् । उनले एक घन्टाभन्दा कम समय राष्ट्रका नाममा एकपटक मात्रै सम्बोधन गरेका थिए । २०१७ को स्वतन्त्रता दिवसमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण मात्र ५६ मिनेट लामो थियो। यो उनको सबैभन्दा छोटो भाषण हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |