शुभ नारायण यादव, सप्तरी, ३१ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी किसानहरुको लागि आएको गहु चोरी गर्दै गरेको अवस्थामा समातिएका छन् । छिन्नमस्ता गाउपालिका वडा नं. ६ कोचाबखारी स्थित रहेको कृषि शाखामा लुकाईएर राखिएको गहूँ त्यसै शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतो चोरी गर्दै रंगेहात पक्राउ परेका हुन् ।
महतोले विना प्रक्रिया गए राति करिव ९ बजे गाडिमा गहूँ लोड गर्दै रहदाँ स्थानियले गाउपालिकाका अध्यक्ष , उपाध्यक्ष ,वडाअध्यक्ष सहित प्रहरीलाई जानकारी गराए लगतै घट्ना स्थल पुगेका जनप्रतिनिधि सहित प्रहरी टोलीले चोरी सैलिमा लोड गर्दै गरेको गहूँ, गाडि सहित चोरीमा संलग्न ४ चनालाई पक्राउँ गरिएको छ ।
करिव एक सय बोरा गहूँको बोरा सहित पक्राउँ गरिएको चोरीका मुख्य ओरापि भुवनेश्वर महतो सहित तिनै जनालाई ईलाका प्रहरी सखडामा राति ११ बजे ल्याईरहेको थियो । यता वडा अध्यक्ष कपिलेश्वर साहले पक्राउ परेको गहुँ गत वर्ष किसानका लागि वितरण गर्न ल्याईएको त्यहि गहुँ हो, जुन पालिकाबाट गत वर्ष केहि बोरा लुटिएको थियो । तर, महतोले पुरै गहु लुटिएको व्यहोरा पालिकालाई जानकारी दिएका थिए ।
उक्त गहुँ महतो र पूर्वजनप्रतिनिधिकै सेटिङमा कृषि शाखामा ताला बन्द गरेर राखिएको र मौका छोपि समय समयमा महतोले चोरी गर्दै आईरहेको स्थानियहरुले आरोप लगाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |