राजविराज, ०४ भाद्र । जनता समाजवादी पार्टी नेपालको जिम्मेवारी बाँटफाँट भएको छ । जसपा नेपालको दुई दिने राजनितिक समिति को बैठक बाट जसपा नेपालको कार्यकारिणी सदस्य र नेपाल सरकारको कृषि तथा पशुपंक्षी मन्त्री माननिय मृगेन्द्र कुमार सिंह यादव (राजबावु) मधेस प्रदेशको ईन्चार्ज को जिम्मेवारी पाएका छन् ।
नेपाल सरकारको दोस्रो चोटी कृषि मन्त्री बनिसकेका माननिय मृगेन्द्र कुमार सिंह यादव संगठन निर्माण गर्ने माहिर नेता मध्ये का एक हो ।
यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष जितेन्द्र खडगा जसपा नेपालको बौद्धिक पेशाकर्मी संगठन मधेश प्रदेश समितीको संयोजकमा मनोनयन भएका छन् । यी दुवै जना सप्तरी निवासी हुन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |