सप्तरी, ०७ भाद्र । अन्तर्राष्ट्रीय युवा दिवस २०२२ को अवसरमा दुई पालिकामा अन्तर नगरस्तरिय किसोर किसोरी ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।
सोमवार सेभ द चिल्ड्रेनको साझेदार तथा खडक नगरपालिकाको समन्वय एवं विभिन्न युवा कल्वहरुसंगको समन्वयमा सबल नेपालद्वारा अन्तर नगर स्तरीय किशोर किशोरी व्याडमिणटन प्रतियोगिताूको आयोजना गरीएको हो ।
सुरुगॉ तथा खडक नगरपालिका स्तरीय विभिन्न बालकल्वहरु द्वारा भाग लिएको उक्त प्रतियोगितामा खडक नपाका किशोर तथा किशोरी समुह बिच प्रतिस्पर्धा भएको थियो ।
खडक नपा वडा नं ८ को कभर्ड हलमा संचालन भएको उक्त प्रतियोगितामा नगर प्रमुख जयप्रकाश चौधरी, वडा नं ८ का वडा अध्यक्ष विन्दुलाल चौधरी, सबल नेपालका परमेश्वर झा, कार्यपालिका सदस्य चन्दन साह लगायतको उपस्थिति रहेको थियो ।
अन्तरपुस्ताको एक्यवद्धता, सबै उमेर समुहमैत्री विश्व निर्माणमा प्रतिवद्धता भने मुल नाराको साथ आयोजना गरीएको उक्त प्रतियोगितामा नगरप्रमुख जयप्रकाश चौधरी सहितले विजयी तथा सहभागी टिमलाई पुरस्कार, मेडल तथा ट्रफि प्रदान गरीएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |