सप्तरी,०७ भाद्र । मधेश प्रदेशका सामाजिक विकास मन्त्री नबल किशोर साहले सोमवार सप्तरीमा सामाजिक विकास मन्त्रालय द्धारा नवनिर्मित तीनवटा विद्यालय भवनहरूको उद्घाटन गरेका छन ।
सप्तरीको महादेवा गाउपालिका वडा नं १ मा मन्त्रालयको ५० लाखको लागतमा निर्मित श्री नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरीको गोठ सोनरा को दुई कोठै भवनको एक समारोहका बीच उद्घाटन गरेका छन । यसैगरी राजविराज नगरपालिका वडा नं ६ मा २५ लाखको लागतमा थान गाछी आधारभुत विद्यालयको उद्घाटन गरेका छन भने अग्निसाईर कृष्णासवरण गाउपालिका वडा नं ३ मा निर्मित मटिगढी मावि भवनको समुद्घाटन गरेका छन ।
उद्घाटन कार्यक्रममा प्रदेश सभ सदस्य नेत्रविक्रम साह, जसपा के.स. विकाश तिवारी ,महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, अग्निसाईर कृष्णासवरण गापाका उप प्रमुख कल्पना चौधरी, निवर्तमान उपाध्यक्ष मिना चौधरी, वडा नं ३ का वडा अध्यक्ष गोपाल चौधरी, राजविराज नापा ०६ का वडा अध्यक्ष शशि चौधरी, जसपा जिल्ला सदस्य चित्रन्जन यादव, रामदेव यादव लगायत स्थानीयवासी हरूको उपस्थिति रहेको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |