राजबिराज, ०७ भदौ । भारतबाट तस्करी गरी ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि आक्रमण भएको छ। प्रतिकारस्वरूप तिन राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।
सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा आज दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीय समूह बीच झडप भएको हो ।
घुरण साहको घरमा अवैध रुपमा कपडा लुकाई छिपाई राखेको जानकारी को आधारमा प्रहरी टोली र भन्सार कार्यालय राजबिराज तिलाठीको प्रतिनिधि निज घुरण साहको घर खानतलासी गर्न कानुनी प्रकृया पुरा गर्न लागेको अवस्थामा अन्दाजी दुई तिन सय जनाको सङ्ख्यामा स्थानीयवासी जम्मा भई प्रहरी माथि हुलहुज्जत तथा ढुङ्गामुढा गरेको प्रहरीले जनाएको छ । ढुङ्गामुढा प्रहारबाट प्र.स.ह. शिव शंकर साह, प्र.ज. अनिल कुमार बस्नेत र प्र.ज विशाल कुमार मिश्रा घाइते भएका छन ।
तस्करी गरी ल्याएको सामान प्रहरी नियन्त्रणमा लिएको छ र यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |