राजविराज, ७ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समन्वय समितिको विभागीय जिम्मेवारी बाँडफाँड भएको छ । जसपा जिल्ला समन्वय समिति सप्तरीको राजविराजमा सोमबार आयोजित पूर्ण बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ ।
जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित बैठकले पार्टीमा विभिन्न जनवर्गीय तथा क्षेत्रगत जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ ।
प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी केदार प्रसाद यादव, महिला विभाग प्रमुखमा उमेश कुमार यादव, किसान विभाग प्रमुखमा हरेराम यादव, मुस्लिम विभाग प्रमुखमा अवुल हुसेन, संगठन विभाग प्रमुखमा हरेराम यादव, युवा विद्यार्थी विभाग प्रमुखमा निलेश कुमार झा, बुद्धिजीवी विभाग प्रमुखमा शम्भु कुमार यादव, दलित विभाग प्रमुखमा रामचन्द्र साह, प्रचार प्रसार विभाग प्रमुखमा बृजमान तामाङ र आदिवासी जनजाति विभाग प्रमुखमा माधुरी चौधरीलाई जिम्मेवारी प्रदान गरिएको जिल्ला सचिव हरेराम यादवले जानकारी दिए ।
यसैगरी बैठकले निर्वाचन क्षेत्रको संयोजन गर्ने जिम्मेवारी समेत दिएको छ । क्षेत्र नम्बर १ संघ निलेश कुमार झा, प्रदेश (क) बृजमान तामाङ, प्रदेश (ख) रामचन्द्र साह, क्षेत्र नम्बर २ मा संघमा हरेरामा यादव, प्रदेश (क) मा निरज मुक्ति, प्रदेश (ख) मा लक्षमण यादव, क्षेत्र नम्बर ३ संघमा उपेश प्रसाद यादव, प्रदेश (क) हरेराम यादव, प्रदेश (ख) मा शम्भु कुमार यादवलाई जिम्मेवारी दिएको छ । बैठकले भदौ ९ गते ८ वटै प्रदेश निर्वाचन क्षेत्र र १३ गते ४ वटै संघ निर्वाचन क्षेत्रमा भेला गर्ने निर्णय समेत गरेको छ । क्षेत्र नम्बर १ को कंचनपुर, प्रदेश (क) को कंचनपुर, प्रदेश (ख) को भारदह, क्षेत्र नम्बर २ को राजविराज, प्रदेश (क) तोपा, प्रदेश (ख) राजविराज, क्षेत्र नम्बर ३ को संघको पथरगडा, प्रदेश (क) रुपनी, प्रदेश (ख) को डाक्नेश्वरी र क्षेत्र नम्बर ४ संघको कल्याणपुर, प्रदेश (क) प्रदेश खडक नगरपालिका (ख) भदियामा भेला गर्ने निर्णय भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीले जनाएको छ ।
उक्त बैठकले भदौ ११ गते अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा राजविराजमा हुने बृहत पार्टी प्रवेश कार्यक्रमको तयारी गर्ने समेत निर्णय भएको जिल्ला उपाध्यक्ष अबुल हुसैनले जानकारी दिएका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |