राजविराज,०८ भाद्र । देशैभर मिटर ब्याजीको विरुद्ध जालो फैलिएको हुनसक्ने अनुमान गर्दे गृह मन्त्रालयले मिटरब्याज सुदखोर विरुद्ध उजुरी दर्ता गराउन भदौ ५ गते भित्र पीडितहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सूचना गरेको थियो ।
त्यसै सूचनाको बलमा पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्दै र न्याय पाउने आस जागेपछि डर त्रासले आफ्ना पीडाहरू लुकाएर राखेका पीडितहरू कानूनी उपचारको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन ।
मिटर ब्याजबाट पीडित भएको सबैभन्दा धेरै उजुरी मधेश प्रदेशबाट १३ सय ३० वटा, बागमती प्रदेशमा २ सय २ वटा, लुम्बिनी प्रदेशमा २ सय ११ वटा, प्रदेश –१ मा ९२ वटा, गण्डकी प्रदेशमा ३५ वटा, कर्णाली प्रदेशमा २२ वटा र सुदूरपश्चिम प्रदेशमा ४५ वटा उजुरी परेको छ ।
मिटरब्याजी पीडितहरूले आन्दोलन थालेपछि सरकारको ध्यानाकर्षण भएको र गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि कार्यदल गठन गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |