राजबिराज, ०८ भाद्र । पानीमा डुबेर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक जना बालकको ज्यान गएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका –४ मधवापुर स्थित आफ्नै पोखरीको पानीमा डुबी जितेन्द्र सिपलिया को ७ वर्षीय छोरा देविल सिपलिया को आज दिउसो अन्दाजी ३ :१५ बजेको समयमा मृत्यु भएको हो ।
सुस्त मनस्थिति भएको हुनाले घरमा कोही नभएको मौका पारी घर नजिकै रहेको पोखरीको पानीमा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |